Logo

अर्थ

नेपाली बजारमा सुन तोलामा ५०० र चाँदी ३५ रुपैयाँले महँगियो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो।

महासंघले मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला तीन हजार १४५ रुपैयाँ निर्धारण गरेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ र चाँदी तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ९ मंसिर २०८३, मंगलबार  १२ : १६ बजे