Logo

मुख्य समाचार

पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो



काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट म्याद थप गर्ने प्रक्रिया सुरु गरेको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। उनीमाथि श्रमसचिव रहेका बेला मलेसियामा कामदार पठाउने बहानामा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप लागेको छ।

उक्त आरोपबारे सीआईबीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८३, बिहिबार  २ : २४ बजे