Logo

मुख्य समाचार

प्युठानमा ‘विप्लव’ नेतृत्वको नेकपा पनि गठबन्धनमा जोडियो



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्युठानमा सत्ता गठबन्धनसँग तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेको छ ।

माण्डवी गाउँपालिकामा आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर जाने निर्णय नेकपाले गरेको हो ।

नेकपाभित्र निर्वाचनमा जाने र नजाने भन्नेबीच बिवाद देखिएको छ ।

महासचिव विप्लव लगायतका केही नेता निर्वाचनमा जाने पक्षमा छन् भने अधिकांश अन्य नेतारु निर्वाचन बहिष्कार गर्नुपर्ने पक्षमा रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ४९ बजे