Logo

मुख्य समाचार

‘पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा जानुको विकल्प छैन’: प्रकाशमान सिंह



काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन् ।

संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढनुपर्ने सिंहको भनाइ छ ।

काँग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध गर्नुपर्ने बताए ।

कम्युनिष्टहरुले मौका पाउँदा पनि त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने सिंहको भनाइ थियो ।

सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ११ बजे