Logo

मुख्य समाचार

रोल्पाको गंगादेव गाउँपालिकामा विप्लवको पार्टीबाट चूडामणिको उम्मेदवारी घोषणा



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पामा उम्मेदवारी घोषणा गरेको छ ।

चुनावमा जाने वा बहिष्कार गर्ने भन्ने विवादमा फसेको नेकपाले रोल्पामा पहिलो उम्मेदवारी घोषणा गरेको हो ।

नेकपाले गंगादेव गाउँपालिकाको अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ लाई उम्मेदवार घोषणा गरेको हो ।

यसअघि गंगगादेव गाउँपालिका अध्यक्ष माओवादी केन्द्रबाट वीरबहादुर खत्रीले जितेका थिए।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ३६ बजे