Logo

Breaking News 1

सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका पाँच दलले गरिसकेका छन् । आजको बैठकमा तालमेलको मोडालिटीबारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनायो ।
यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गर्दै त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो । सो समितिलाई चैत २२ गते (आज) प्रतिवेदन बुझाउन भनिएको थियो । आजको सत्ता गठबन्धनको बैठकमा सोही समितिको प्रतिवेदन वा रिपोर्टिङबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : ४३ बजे