Logo

मुख्य समाचार

एआईजी बढुवा सिफारिसविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ नै हुन सकेन



काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको प्रारम्भिक सुनुवाइ नै हुन सकेको छैन ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा दायर रिटको प्रारम्भिक सुनुवाइ दुई दिनदेखि हुन सकेको छैन । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा राखिएको सो रिट दोस्रो दिन सोमबार पनि हेर्न नभ्याउने सूचीमा राखियो ।

गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो । सो बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै उनीहरू सर्वोच्च अदालत पुगेका हुन् ।

रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।

सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको छ । आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : १५ बजे