Logo

मुख्य समाचार

कुकुरले बच्चाको शव च्यापेर डुलेको घटना: पत्ता लागे मृतक बच्चाका बाबुआमा



काठमाडौं । कर्णाली प्रदेश अस्पताल अगाडि कुकुर एक मृत शिशुको शव च्यापेर डुलिरहेको घटनामा मृतक शिशुका बाबुआमाको पत्ता लागेको छ ।

कुकुरले शव च्यापेर डुलिरहेको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले दिएको जानकारीअनुसार उक्त शव दैलेखको आठबीस नगरपालिका–९ का गोपाल विक र पवित्रा बिकको शिशुको रहेको खुलेको हो ।

पवित्रा गत चैत १४ गते सुत्केरी भएको र मृत बच्चा जन्मिएको अनुसन्धानबाट खुलेको छ । साथै मृत बच्चा जन्मिएपछि अस्पतालले शव गोपाल र पवित्रालाई जिम्मा लगाएको थियो ।

गोपाल र पवित्राले बच्चाको शवलाई अस्पताल नजिकैको जंगलमा गाडेका थिए । कुकुर बच्चा गाडेको ठाउँबाट खनेर ल्याएको पाइएको प्रहरीले जनाएको हो ।

प्रहरीले शव सुरक्षित दाहसंस्कारका लागि गोपाललाई नै जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : ३० बजे