Logo

मुख्य समाचार

धर्मशाला खाली गर्न पठाइएको पत्र बतासले अस्वीकार गरेपछि सार्वजनिक सूचना जारी



काठमाडौं । पशुपतिस्थित नेपाल भारतमैत्री धर्मशाला खाली गर्नका लागि पशुपति क्षेत्र विकास कोषले बतास समूहलाई पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको छ ।

कोषले बिहीबार पठाएको पत्र बतासले नबुझेपछि कोषले आज सार्वजनिक सूचना जारी गरेको हो ।

परिषद्ले श्री होटल आनन्द प्रा.लि. सो प्रा.लि.का सञ्चालक आनन्द बतास तथा सो प्रा.लि. का प्रतिनिधि ओस्कर बतासका नाउँको सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनमा विभिन्न मितिमा कोषले सोधेको स्पष्टीकरणसमेत बतासले नदिएको उल्लेख गरिएको छ । यस्तै, सम्झौता बखतमा पालनाका लागि राखिएका विभिन्न शर्तहरु पनि पालना नगरेको सूचनामा उल्लेख गरिएको छ ।

कोष सञ्चालक परिषद्को चैत १४ गते बसेको बैठकले होटल आनन्द प्रा.लि. र कोषका बीचमा भएको सम्झौता चैत १७ गतेबाट रद्द गर्ने निर्णय गरेको थियो । तर, बतास समूले कोषको आग्रहलाई बेवास्ता गर्दै आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : ०१ बजे