Logo

मुख्य समाचार

सरकारले गर्यो ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (सूचीसहित)



काठमाडौं । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । नियुक्त अध्यक्षहरुको पद तथा गोपनियताको सपथ ग्रहण पनि भइसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले नवनियुक्त अध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सरकारले यसअघि २८ जिलामा अध्यक्ष नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ५२ बजे