Logo

समाचार

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि


१३ आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ। यसअघि महाधिवेशन असोज १६ गतेदेखि गर्ने तय गरिएको थियो।

कांग्रेसका अनुसार महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे हुनेछ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी छन्।

देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सम्पन्न हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।

यही परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशन उद्घाटनको मिति दुई दिन सारेर असोज १८ गते तय गरिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ४२ बजे