काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर आंशिक बदली रहनेछ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।








प्रतिक्रिया