Logo

समाचार

लागुऔषध ट्रामाडोलसहित एक जना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुङ्गामा स्थित चेकप्वाइन्टमा प्रहरी टोलीले १९,२०० क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित एक जना अभियुक्तलाई पक्राउ गरेको छ।

मिति २०८१।१२।२२ गते, अ. ०६:४५ बजेको समयमा बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ००१-०६ ख ५६९२ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्दा उक्त बसको डिक्कीमा राखिएका १९,२०० क्याप्सुल ट्रामाडोल फेला परे।

प्रारम्भिक अनुसन्धानका क्रममा बसका सहचालक २७ वर्षीय सबिन कुमार महत्तोको संलग्नता देखिएको छ। महत्तो जिल्ला महोत्तरी, गौसाला नगरपालिका वडा नं. १२ का निवासी हुन्। उनलाई सो लागुऔषध सहित पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ।

लागुऔषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको संयुक्त प्रयासले सो घटना बाहिर आएको हो।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ९ : ०६ बजे