Logo

समाचार

नेता गजेन्द्र नारायण सिंहको सालिकमा मन्त्रीले गरे माल्यार्पण



सप्तरी । नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले रामनवमीको अवसर पारेर मधेसका मसिहा भनेर चिनिने राजनेता गजेन्द्र नारायण सिंहका विभिन्न सालिकहरूमा माल्यार्पण गरेका छन् ।

सद्भावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका स्व.सिंहको ९६औं जन्मजयन्तीको अवसरमा मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १४ रामपुर, वडा नम्बर ४ मधवापुर चौराहा र ढोडवा चौकमा रहेका सिंहका सालिकहरूमा पुष्पमाला अर्पण गरेका हुन् ।

कार्यक्रममा स्थानीय नेता, सामाजिक अगुवा र सर्वसाधारणको पनि उपस्थिति रहेको थियो । नेताहरुले स्व. सिंहले मधेसको अधिकार र पहिचानको लागि पु¥याएको योगदानको चर्चा गर्दै उनको आदर्श पछ्याउनु पर्ने आवश्यकता औंल्याएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ३१ बजे