काठमाडौं । उपसभामुख इन्दिरा राणा मगरले सङ्घीयताले शक्तिको बाडफाड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन् । उनले प्रशासकीय र प्रहरी व्यवस्थापन हुनेगरी नीति बनाउनुपर्ने पनि बताइन् ।
शनिवार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाडफाड भयो तर शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यानदिनुपर्ने बताएकी हुन् ।
‘शक्तिको बाडफाड भयो तर शक्किो विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ । तीनै तहका सरकारले कसरी अन्तरनिहीत भएर काम गर्न सक्छौ । सङ्घीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौ । प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौ भन्ने कुराहरुलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ,’ उनले भनिन् ।
प्रतिक्रिया