काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा पुगेको छ । यसदिन फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंकले बढेको छ ।
आज ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्य ६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, श्रृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
प्रतिक्रिया