Logo

Breaking News 1

एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना



काठमाडाैं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अहिले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ । 

देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । अहिले कोसी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

आज राति पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।  

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका सबैजसो पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ६ : ३५ बजे