Logo

समाचार

गाईसँग माेटरसाइकल ठोक्किँदा एकको मृत्यु


२९ आश्विन २०८१, मंगलबार  

184
Shares

सुर्खेत। वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-८का ५० वर्षीय महेश पौडेल रहेका छन्।

सुर्खेत प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर भे५प ४०४२ नम्बरको उनको मोटरसाइकल वीरेन्द्रनगरकाे कालुङचोकमा गाईसँग ठोक्किएको तियो ‌।

दुर्घटना लगत्तै उनलाई प्रदेश अस्पताल लगिएको तियो । राति ८ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ०६ बजे