Logo

कर्पोरेट

आज ३ बजेसम्म ४० अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउसो ३ बजेसम्म ४० अर्ब निक्षेप संकलन उठाउने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले न्युनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष आउने रकम राष्ट्र बैंकलाई उपलब्ध गराउन सक्नेछन् ।

न्युनतम ब्याजदर कबुल गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई प्राथमिकतामा राखेर निक्षेप स्वीकार गर्ने राष्ट्र बैंकले बताएको छ । बुधबार अर्थात आज दिउँसो ३ बजेसम्म बैंक तथा वित्तिय संस्थाहरुले आ आफ्नो प्रस्ताव पेश गर्न सक्नेछन् र आजै बाडफाँट भैसक्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ५२ बजे