Logo

Breaking News 1

वाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो र रातिको मौसम कस्तो रहला ?



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ०९ बजे