काठमाडौं। साफ क्लब महिला च्याम्पियनसिपको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले तयारी पूरा गरेको छ। मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेका अनुसार टिमले लिग चरणमा देखिएका कमजोरी सुधार्न अभ्यास पूरा गरी फाइनल खेलका लागि तयार रहेको छ। पाण्डेले शुक्रबार फाइनलको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फरेन्समा भने, “लिग चरणमा टिमको फ्रन्टलाइनमा समस्या आएको थियो। हामीले दुई दिन तयारीको…