काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता जनकपुर बोल्ट्सले दिइएको १३३ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले मध्यम सुरुआत गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भइरहेको खेलमा लुम्बिनीले पहिलो ६ ओभर (पावर प्ले) समाप्त हुँदा १ विकेट गुमाएर ४६ रन जोडेको छ। हाल कप्तान रोहितकुमार पौडेल २१ रन र डी’एर्सी शर्ट १८ रनमा…