काठमाडौं । फिफा विश्वकप २०२६ समूह ‘ई’ अन्तर्गत कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गरेको छ । कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने । उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए । ३७ वर्षीय रुमले…