झापा । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् । चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन् । प्रत्येक १२÷१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थिए । ‘तीन महिना बितिसक्यो, बिहान बेलुका छाक टार्न कठिनाई…