काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा विवाद भइरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरु एवम अभियन्ताहरुले समेत खुलेरै विरोध जनाइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दरबारमार्गको फुटपाथमा बिछ्याइ रहेको ग्रेनाइटको विषयलाई लिएर शहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ पश्चिमा आधुनिकताबाट उपत्यका…