काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन समूहले अझै एक कार्यकाल सभापतिमा शेरबहादुर देउवा नै दोहोरिनुपर्ने निष्कर्ष निकालेको छ । आज सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा डाकेको बैठकमा उनीनिकट नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो । देउवाको समूहबाट पनि पदाधिकारीमा आउन चाहने नेताहरुको संख्या धेरै भएकोले यसको निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको छ । सहमहामन्त्री प्रकाशशरण महतले…