Logo

अर्थ

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं, २२ मंसिर । सिभिल बैंकको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतिवद्बता व्यक्त गरे ।

बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउँदै लग्नुका साथै डिजिटल लाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भइसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : २४ बजे