रामेछाप । प्राकृतिक एवं धार्मिक पर्यटकीय स्थल शैलुङमा नयाँ वर्षमा घुम्न जाने मानिसको घुइँचो लागेको छ । नयाँ वर्ष २०८२ सालको पहिलो दिन झण्डै १० हजार मानिसले शैलुङ भ्रमण गरेका स्थानीय व्यवसायी दावासाङबु शेर्पाले जानकारी दिए । विगतका वर्षमा भन्दा पनि यस वर्ष नयाँ वर्षको पहिलो दिन नै धेरै मानिसहरू जमघट भएका उनले बताए ।…