सिरहा । कतारमा एक नेपाली चेलीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ’कतार सीएसआर अवार्ड–२०२५’ प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले यो अवार्ड प्राप्त गरेको हो । कतारको राजधानी दोहामा बुधबार साँझ आयोजित सीएसआर सम्मिटका अवसरमा सीएसआर प्रमुख डा. सैफ अलि अलहजरीको हातबाट यासमिनले अवार्ड ग्रहण गरिन् । कतारका प्रधानमन्त्री तथा…