काठमाडौँ । सरकारले ललितपुरको बालकुमारी घटनाबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगको सदस्यहरूमा पूर्व एआईजी अरुणकुमार बीसी र गृहका सहसचिव नारायणप्रसाद भट्टराई छन् । मन्त्रिपरिषद्ले एक महिनाका…