काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन् । शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे । ‘अहिले महिलाहरु मन्त्री, माननीय भइसक्नु भएको छ । ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन्…