काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बिहीबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत बैठकबारे जानकारी दिएका हुन् । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार छनोटका विषयमा छलफल गर्ने कांग्रेसको तयारी गरेको छ । निर्वाचन…