काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि एमालेले सबै प्रदेशलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेको थियो । केन्द्रको निर्देशनअनुसार प्रदेशले सिफारिस गरेर पठाएका नामहरुबारे छलफल गरेर…