Logo

निर्वाचन विशेष

रास्वपाले इलाम-२ को उपचुनावमा उम्मेदवारी दिने


२८ फाल्गुन २०८०, सोमबार  

184
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम-२ मा हुने उपनिर्वाचनमा भाग लिने निणर्य गरेको छ ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर, बझाङमा भने भाग नलिने निणर्य गरेको प्रवक्ता मुकुल ढकालले बताए ।

उनले भने, ‘इलामको उपनिर्वाचनमा भाग लिने, बझाङमा नलिने निणर्य भएको छ । साथै सरकारमा सहभागी हुने निणर्यलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निणर्य गरियो ।’

बैठकले उम्मेदवार भने टुंगो लगाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणका लागि बनाएको नयाँ गठबन्धनमा सामेल भएर सरकारमा सहभागी रास्वपाले उपनिर्वाचनमा भाग लिने नलिने अन्योल थियो ।

गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी छन् । अघिल्लो गठबन्धनमा दलहरुले सीट बाँडफाँट गरेर सहमतिमा उम्मेदवारी दिँदै आएका थिए । यसपटकको गठबन्धनमा आफू सामेल भए पनि निर्वाचनमा भने भाग लिने निणर्य रास्वपाले गरेको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ५ : ११ बजे