काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यस्थाको कल्पना गरेको बताएका छन् । शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघि जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई संविधान र संसदको नियन्त्रणमा रहि राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यवस्थाको कल्पना गरेको…