इलाम । इलाम–२ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी गराउन आग्रह गरेका हुन् । कांग्रेस इलामको सभापति समेत रहेका खड्काले ‘समृद्ध इलाम’ को परिकल्पनासहितका आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । उनले इलामेली किसानको…