Logo

मुख्य समाचार

देउवा र माधव नेपालबीच भेटवार्ता



काठमाडौं । अहिलेको सत्ता गठबन्धन दलभित्र तिव्र असन्तुष्टी बढीरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधब नेपालबीच अहिले साझ भेटवार्ता भएको सुचना ऐना खबरलाई प्राप्त भएको छ । दुई नेताबीच भएको भेटवार्तालाई निकै गोप्य राखिएको छ ।

काङ्ग्रेसले माधब नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिरहेको हल्ला चलिरहेको बेला भएको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।गल्फुटार एरिया तिर काङ्ग्रेसका प्रभावशाली नेताको घरमा भेटवार्ता भएको बुझिन आएको छ ।

तर कुन नेताको घरमा कुराकानी भएको हो भन्ने विषयलाई स्रोतले गोप्य नै राखेको छ ।

उनीहरु बीच समसामयिक राजनीतिक विषय र भावी सत्ता केन्द्रीकृत सन्दर्भमा कुराकानी भएको हुनसक्ने अड्कल गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ९ : १५ बजे