Logo

मुख्य समाचार

पहिचानको मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्न सक्छ : प्रदिप पौडेल



इलाम । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले निर्वाचनका मुखमा गठबन्धन गरेर आउने दलहरुलाई पराजित गर्न आब्हान गरेका छन् ।

आइतबार इलाम २ को उपनिर्वाचनका लागि घरदैलो अभियानमा सहभागी भएका नेता पौडेलले ०४८ यता नेकपा एमालेले एक्लै चुनाव लड्न नसकेको उल्लेख गरे । उनले किरात सभ्यता भनेको कुनै समूदायमा केद्रित नभइ नेपालको सभ्यता भएकाले सबैको अस्तित्व स्वीकार्न सक्नुपर्ने बताए ।

उनले भने,‘संस्कृति र सभ्यता सबै व्यक्तिको मौलिकता हो । हरेक व्यक्तिले आफ्नो मौलिकता सुरक्षित राख्न पाउनुपर्छ । किरात सभ्यता भनेको नेपालको सभ्यता र संस्कृती भएकाले यसका लागि कांग्रेस गम्भीर छ । सबैको अस्तित्व स्वीकारेर हिड्न कांग्रेस सँधै तयार छ ।’

२०७९ को निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर गल्ती गरेको उल्लेख गर्दै जनताले स्पष्ट मतदान गरेको बताए । बैशाख १५ को निर्वाचनमा डम्बर खड्का एक्लै मैदानमा रहेकाले स्पष्ट विचार भएको कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

सबैको पहिचान स्थापित गर्न ठूलो दल कांग्रेसले इलामबाट जित्नुपर्ने उनको भनाइ छ ।

‘इलामको समस्या बुझेको, सबै समूदायको पहिचान बुझेको र दशकौंदेखि इलामेली जनताको मनमा बसेको नेता डम्बर खड्का नै हुन । उनलाई विजयी गरेर पठाउँदा संघीय ससदमा पहिलो दल रहेको कांग्रेसले पहिचानलगातका मुद्दा सम्बोधन गर्न सक्छ,’ नेता पौडेलले भने । इलामको समृद्धिमा सघाउन कांग्रेसका उम्मेदवार एक्लै नभएको उल्लेख गरेका पौडेलले डम्बर खड्कालाई सिंगो पार्टीलाई साथ दिने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : २२ बजे