काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् । पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको उनको भनाइ थियो । सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रममा उनले शेर बहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने…