काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार (भदौ १४) पाँचदिने चीन भ्रमणमा जाँदै छन्। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा ओली चीन प्रस्थान गर्न लागेका हुन्। भ्रमणका क्रममा ओलीले भदौ १६ गते तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न मुलुकका नेतासँग भेटवार्ता…