काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले तल्लो तहका नागरिकको जीवनस्तर उकास्न उदारवादी र पुँजीवादी व्यवस्थाको पक्षपोषण गरिरहेको बताएका छन्। नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रीय विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले समुन्नत नेपालको लक्ष्य हासिल गर्न पुँजीवादी अर्थतन्त्रमा कांग्रेसको विश्वास रहेको स्पष्ट पारे। “हामी नाफालाई अपराध मान्दैनौँ, नागरिकलाई माथि…