Logo

भारतमा विपक्षी दलका ६७ जना सांसद निलम्बित

काठमाडौं । भारतको राज्य सभा र लोक सभामा गरेर आज ६७ जना विपक्षी सांसदहरु निलम्बित भएका छन् । लोकसभामा विपक्षी सांसदहरुले विरोध जारी राख्दै हंगामा गरेपछि अध्यक्ष ओम विरलाटले ३३ जनालाई सोमबार निलम्बन गरे । निलम्बनमा पर्नेमा कांग्रेस नेता अधीर रञ्जन चौधरी पनि रहेका छन् । यसबाहेक कांग्रेसका जयराम रमेश पनि राज्यसभाबाट निलम्बित भएका छन्…