Logo

डिजेल र मट्टीतेलको मूल्य घट्याे, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत्

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । गए राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो । भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ । पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।…