Logo

मुख्य समाचार

कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले खाए शपथ



काठमाडाैं । कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन् ।

शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् ।

यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन् । कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएका छैनन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : ५६ बजे