Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । २०८१ वैशाख १९ गते, बुधबार १ मे २०२४ । वैशाख कृष्णपक्ष अष्टमी तिथि। श्रवण नक्षत्र। चन्द्रराशि मकर।

मेष
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ।

वृष
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

मिथुन
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ।

कर्कट
सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अवसर हातपार्ने समय छ। रमाइलो तथा व्यावसायिक यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार समेत पाइएला। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आयवर्द्धक काम प्रारम्भ गर्न सकिनेछ।

सिंह
द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

कन्या
लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायमा अलमल हुन सक्छ।

तुला
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदामा उपयोग भइने सम्भावना छ। बेसुरमा गरिएको कामले समस्या निम्त्याउला।

वृश्चिक
मान(सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। मेहनतले विशेष अवसर दिलाउनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ।

धनु
मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। तर आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। आफ्ना योजनाबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

मकर
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कुम्भ
प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। समयमा होश नपुग्नाले खर्च बढ्नेछ। लगानी परे पनि त्यति फाइदा उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला।

मीन
श्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ५९ बजे