काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास माइयरबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । उक्त भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि नेपाल–स्वीट्जरल्याण्डबीच कायम रहँदै आएको सौहार्दपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्दै नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहायता (क्म्ऋ) ले…