काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यवसायी डा. उपेन्द्र महतोको काठमाडौंको विशालनगरस्थित १५० वर्ष पुरानो राणाकालीन ऐतिहासिक घरमा आगजनी, तोडफोड र लुटपाट भएको छ। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते भएको घटनामा घरभित्र राखिएका एन्टिक सामग्री, गरगहना, नगद र अन्य सामान चोरी भएको महतोले बताए। उनका अनुसार घरमा विश्वका विभिन्न देशबाट…