Logo

Breaking News 1

गमगढी–नाक्चेलाग्दा सडकखण्डको पुल भासिँदै, आवागमनमा जोखिम (तस्विरहरू)



तस्बिर: दानबहादुर बुढा, मुगु

मुगु जिल्लाको एकमात्र अन्तरदेशीय सिमानासँग जोडिएको गमगढी–नाक्चेलाग्दा सडकखण्ड अन्तर्गत छायाँनाथ रारा नगरपालिका–१०, लालिम, लुवाबड्नुमा सडक डिभिजन कार्यालय जुम्लाले केही वर्षअघि खोलाको प्रवाह र जमिनको अध्ययन नगरी लाखौँ खर्च गरेर निर्माण गरेको पुल अहिले जमिन भासिँदा जोखिममा परेको छ । खोलाको किनारमा निर्माण गरिएको भाग भासिएपछि गमगढीदेखि छाइलसम्म आवागमन गर्ने सवारी साधनहरू उच्च जोखिमा सञ्चालन हुँदै आएका छन्।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : ५२ बजे