काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँगको समन्वयलाई व्यवस्थित बनाउन नयाँ फोकल युनिट गठन गरेको छ। अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत रहने उक्त युनिटले विदेशी लगानीसम्बन्धी सहजीकरण, नीतिगत समन्वय र सम्बन्धित सरकारी निकायहरूमाझको सहकार्य अघि बढाउने जिम्मेवारी पाउनेछ। मन्त्रालयका अनुसार, नेपालमा लगानी प्रक्रियामा संलग्न विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय संस्थाले बैंकिङ, कर–राजस्व र…