रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप एकैआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आज आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको बोलेरो जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोट, नलगाड नगरपालिका–८ का ३५ वर्षीय नवराज चदारा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा आठबिसकोट नगर अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी…